Home » » श्रीमतिलाई पलोपलो बलत्कार गरे आफ्नै कम्पनीमा काम गर्नेहरुले

श्रीमतिलाई पलोपलो बलत्कार गरे आफ्नै कम्पनीमा काम गर्नेहरुले

श्रीमतीलाई सामुहिक बलत्कार गर्नेमा आफ्नै कम्नपनिमा काम गर्ने हरु

यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो ।प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ ।
Share this article :

Post a Comment

 

Copyright © 2013. khabarmazza - All Rights Reserved