Latest Post

माघ १ मै आयो कलिउड


माघ ५ बाट देशभर रिलिज हुने बताईएको फिल्म कलिउडलाई माघे संक्रान्ति बिदाको दाउ छोप्दै हिजो नै पुर्वका ४ र पोखरा र नारायणघाटका हल मार्फत रिलिज गरिएको छ । फिल्म पुर्वको कृष्ण टाकिज बिर्तामोड, दमकको निलकण्ठ चित्र मन्दिर र दमक चित्र मन्दिर तथा उर्लाबारीको भिलेज सिनेमा मार्फत प्रदर्शनमा आएको हो ।

फिल्मको बढ्दो चर्चा स्टारकास्ट र बिदामा राम्रै व्यापार गर्ने सोचका साथ हलवालाले डिमाण्ड गरे पछि फिल्म रिलिज डेट अघि नै रिलिज गरिएको निर्माता टंक कार्कीले बताए । रिलिज गरिएको पुर्वका हलहरुमा फिल्मले हिजो राम्रो कलेक्सन गरेको हल संचालकले जानकारी गराएका छन् । जुन सोच राखेर फिल्म रिलिज गरिएको थियो त्यो सोच सफल भएको उनीहरुले बताए । त्यसो त पुर्वमा नायक आर्यन सिग्देलको फ्यानको संख्या अध्याधिक रहेकोले उनको फिल्मको ओपेनिंग राम्रै हुने गरेको छ ।

माघ ५ बाट भने काठमाण्डौ उपत्यकाका अधिकांश हल सहित पुर्वको धरान, झुम्का, बिराटचोक लगायतका स्थानमा समेत फिल्म प्रदर्शन हुनेछ । हिजो फिल्म हेर्ने अधिकांस दर्शकले फिल्म हेरेर मिस्रित प्रतिक्रिया दिएका छन् । नवराज आचार्यले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा, बिष्णु कार्की लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

श्रीमतिलाई पलोपलो बलत्कार गरे आफ्नै कम्पनीमा काम गर्नेहरुले

श्रीमतीलाई सामुहिक बलत्कार गर्नेमा आफ्नै कम्नपनिमा काम गर्ने हरु

यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ ।

समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो ।प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ ।

शुस्मालाई खडेरी पछीको बर्षा


आइटम सङमा देखिने शुष्मा अब 'बाउन्सर'मा
```````````````````````````````



 केही सिनेमाको आईटम सङमा कम्मर मर्काएपनि नायिका शुष्मा कार्कीको हातमा लामो समयदेखि कुनै सिनेमा परेको छैन ।

सिनेमा वारको सुटिङ सेटबाट आउट भएपछि उनलाई कुनै नयाँ प्रोजेक्ट मिलेको भने थिएन । निर्देशक मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र 'बाउन्सर'बाट नायिका कार्की सिनेमामा फर्कने भएकी हुन् ।

चलचित्र बाउन्सरमा नायिका कार्कीले यस चलचित्र भित्र सुरुमा दु: ख पाएको केटीको भूमिका निभाउने र पछि जीवन धान्नको लागि डान्स बारमा काम गर्ने बताएकी छिन् । सिनेमा लुटको उध्रेको चोलीबाट चर्चामा आएकी यि नायिकाले चलचित्र विन्दासमा उत्तेजक दृश्य लिएर चर्चामा आएकी थिइन् ।

सिनेमा बाउन्सरमा भने शुष्माले सामान्य रुपमा प्रस्तुत हुने बताएकी छिन् । सिनेमा भित्र भल्गर दृश्य नदिने घोषणा गरेकी शुष्माले बाउन्सरमा कस्तो दृश्य दिनेछिन् त्यो सिनेमा रिलिजपछि नै थाहा होला ।
आइटम सङमा देखिने शुष्मा अब 'बाउन्सर'मा
```````````````````````````````
 

 
डिसीनेपाल संवाददाता - केही सिनेमाको आईटम सङमा कम्मर मर्काएपनि नायिका शुष्मा कार्कीको हातमा लामो समयदेखि कुनै सिनेमा परेको छैन ।

सिनेमा वारको सुटिङ सेटबाट आउट भएपछि उनलाई कुनै नयाँ प्रोजेक्ट मिलेको भने थिएन । निर्देशक मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र 'बाउन्सर'बाट नायिका कार्की सिनेमामा फर्कने भएकी हुन् ।

चलचित्र बाउन्सरमा नायिका कार्कीले यस चलचित्र भित्र सुरुमा दु: ख पाएको केटीको भूमिका निभाउने र पछि जीवन धान्नको लागि डान्स बारमा काम गर्ने बताएकी छिन् । सिनेमा लुटको उध्रेको चोलीबाट चर्चामा आएकी यि नायिकाले चलचित्र विन्दासमा उत्तेजक दृश्य लिएर चर्चामा आएकी थिइन् ।
 
सिनेमा बाउन्सरमा भने शुष्माले सामान्य रुपमा प्रस्तुत हुने बताएकी छिन् । सिनेमा भित्र भल्गर दृश्य नदिने घोषणा गरेकी शुष्माले बाउन्सरमा कस्तो दृश्य दिनेछिन् त्यो सिनेमा रिलिजपछि नै थाहा होला ।

आजको राशिफल, २०६९ माघ ३ गते बुधबार


आज मिति २०६९ साल माघ महिनाको ३ गते बुधबार, तदनुसार जनाबरी महिनाको १६ तारिख, आज पञ्चमी तिथीको राशिफल यस प्रकार छ ।

मेष (चू चे चो ला ली लु ले लो अ)
समयको सही सदुपयोगले आकांक्षाको पुर्ती गराउनेछ। उत्तेजनामा आएर कुनै पनि कार्य नगर्नु होला। सन्तान प्रतिको चिन्ता बढ्नेछ। बाद-बिबाद तथा कुनै झगडा हुन सक्ने देखिन्छ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
कार्यक्षेत्रको स्पष्टताले तपाईंको प्रगतिमा सहयोग पुराउनेछ। क्रोध तथा हतारमा कार्य नगरि बिबेकले कार्य गर्नु नै उचित देखिन्छ।

मिथुन (का कि कु घ ङ छ के को हा)
स्वास्थ्यमा लापरबाही नगर्नु होला। आर्थिक लाभको योग देखिन्छ। आफ्नो ब्यापारिक क्षेत्रलाई अगाडि बढाउने अवसर मिल्नेछ। प्रतिष्ठित ब्याकती सँगको संपर्क बढ्नेछ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)
कृषिक्षेत्रमा लाभदायी परिवर्तनको योग बन्नेछ। शुभचिन्तकको मार्ग दर्शनले तपाईंको समस्याको हले मिल्नेछ। ईश्वर प्रती आस्था बढ्नेछ।

सिंह (मा मि मू मे मो टा टी टु टे)
महत्वपूर्ण काममा लगाब राख्नु पर्ने देखिन्छ। ब्यापारमा राम्रै उन्नती हुने देखिन्छ। पारिवारिक समस्या माथि निक्कै ध्यान दिनु पर्ने छ। धन लाभ हुने हुँदा मन खुशी रहनेछ।

कन्या (टो प पी पु ष ण ठ पे मो)
वृद्ध ब्याक्ती स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। रचनात्मक कार्य हुनेछ। मित्र सहयोगबाट पूर्ण लाभ हुनेछ। इच्छित सोच पुर्ती हुने देखिन्छ।

तुला (र री रु रे रो ता ती तू ते)
कुनै कार्यमा आकस्मिक लाभ प्राप्तीको योग बन्नेछ। रोजगारमा परिवर्तनको सम्भावना रहेकोछ। हर क्षेत्रमा सम्मानको यश मिल्नेछ।

वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आवास सम्बन्धी समस्या आउन सक्नेछ। अती उत्साहित बनेर कार्य गर्दा हानी हुने देखिन्छ। सामाजिक सम्मानमा कमी आउनेछ। ब्यापारिक निर्णय निक्कै सोच बिचार गरेर लिनु होला।

धनु (य यो भा भी भू ध फा ढ भे)
न्यान सम्बन्धी मामलामा सफलता मिल्ने योग कमी देखिन्छ। प्रभावशाली ब्याक्तिको कारण तपाईंको कार्यमा केही सुधार आउनेछ। ब्यापारमा आशातित सफलता मिल्नेछ। बोली माथि निक्कै नियन्त्रण राख्नु आवश्यक देखिन्छ।

मकर (जो जा जी खी खू खे खो गा गी)
थोरै प्रयास गरेमा रोकिएको पैसा मिल्ने देखिन्छ। आज तपाईंको योजना निकै गोपनियता राख्नु आवश्यक देखिन्छ। आर्थिक स्थितिमा केही समस्या आउने छ। कार्यक्षेत्रमा आशातित सफलता मिल्नेछ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
कार्य बिस्तारको निम्ती निक्कै अनुकुल बातावरण देखिन्छ। पुरुषार्थको प्रतिफल मिल्नेछ। परिवारमा सुख शान्ती रहनेछ। अध्ध्यन प्रती रुची बढ्नेछ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
प्रतिष्ठित ब्याक्ती सँग को भेटघाटले आर्थिक लाभमा बृदि हुनेछ। कार्यमा आफ्नै सानो प्रयासले पनि सफलता मिल्नेछ। तपाईंको कार्यलयको कार्यमा पनि जीवन साथीबाट सहयोग मिल्नेछ।

काठमाडौँका थुप्रै रात्रि रेस्टुरेन्टमा यस्तो हुन्छ


आम्मामा, यो दाइको हात त कस्तो चिसो हो, खै ल्याउनुस् यता, म तताइदिन्छु।’
कामना (नाम परिवर्तित)ले विकासका हात आफ्ना दुई तिघ्राको बीचमा च्यापिदिई। यो संवाद र दृष्य काठमाडौँको एक रुफ टप रेस्टुरेन्टमा देखिएको हो। यस्ता दृष्य र संवाद काठमाडौँका थुप्रै रात्रि विशेष रेस्टुरेन्टमा छ्यापछ्याप्ती चलिरहेको भेटिन्छ। तर, थाहा पाएर हो वा नपाएर प्रशासन आँखा देख्ने अन्धो वा कान सुन्ने बहिरो भएर बसेको छ।

कुनै समय काठमाडौँ उपत्यकाका गल्ली-गल्लीमा क्याबिन रेस्टुरेन्टको बिगबिगी थियो। व्यापक विरोध र प्रहरीको नियमित छापाले क्याबिन रेस्टुरेन्टहरू हराए। फाट्टफुट्ट अहिले पनि भेटिने क्याबिन रेस्टुरेन्ट पहिलेको तुलनामा घोषित रूपमा संचालित भइरहेको कमै मात्र भेटिन्छ। तर, ‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने जस्तै क्याबिन रेस्टुरेन्टकै मजा दिने अनेक थरि रेस्टुरेन्टहरू उपत्यकामा जताततै फैलिएका छन्।

हेर्दा सामान्य र स्तरीय लाग्ने यी रेस्टुरेन्टहरू रात छिप्पिन थालेपछि आफ्नो असली रङ देखाउन थाल्दछन्। काठमाडौँ शहर भित्र र वरपरका काँठमा फैलिएका थुप्रै गार्डेन रेस्टुरेन्ट, रुफटप, बार, फेमिली रेस्टुरेन्ट अनेक नामले सञ्चालित मदिरालय क्याबिन रेस्टुरेन्टका पर्याय हुन थालेका छन्। यस्ता रेस्टुरेन्टमा ग्राहकलाई आकर्षित गर्न विभिन्न उमेर समूहका केटीहरूलाई प्रयोग गर्ने गरिएको पाइन्छ।

महानगर र उपमहानगर भित्र सञ्चालित डान्स रेस्टुरेन्टको विशेष आकर्षण पनि त्यहाँ काम गर्ने केटीहरू नै हुन्। डान्सर, वेटरलगायत सबै नै ग्राहकलाई आकर्षित गर्ने अभिप्रायले राखिएका हुन्छन्। रेस्टुरेन्टको मधुरो उज्यालोमा राम्री देखिने यी रात्रि सुन्दरीहरू ग्राहकलाई पिउन उक्साउने कलामा निकै निपुण हुन्छन्।
 

Copyright © 2013. khabarmazza - All Rights Reserved